१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः भारतले हटायो खोप निर्यातमा लगाएको रोक, नेपालले १० लाख डोज कोभिसिल्ड पाउने



अ+ अ-

नयाँदिल्ली । भारतले आउँदो अक्टोबरदेखि खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । 

सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यात हुने घोषणा गरेका हुन् ।

भारतको सो घोषणाले यता नेपाललाई राहत मिलेको छ । भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने भएको छ । 

उक्त मात्राको खोपका लागि यसअघिनै नेपालले उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ ।