धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल–भारत सीमास्थित दोधारा चाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार राति सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय बताइएको छ ।
प्रहरीले उनलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।
सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका थिए । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको थियो ।