७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

एक्सपोज नेपालले महिनावारी दिवसमा बृहत साइकल र्याली गर्ने

एक्सपोज नेपालले महिनावारी दिवसमा बृहत साइकल र्याली गर्ने
अ+ अ-

काठमाडौँ। एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गरिने संस्थाका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिनुभयो ।

बुधबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्याली आयोजना गरिएको जानकारी दिएको हो । बिहान साढे ७ बजे बसन्तपुरबाट सुरु हुने र्याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ ।

र्यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउनेछन् । मंगलबजारमा हुने समापन कार्यक्रमलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्नुहुनेछ । एक्सपोज नेपालले महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आइरहेको छ ।

सन् २००७ मा स्थापना भएको संस्थाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, हिंसा न्यूनीकरणका लागि महिला पुरुष दुवैलाई चेतना अभिवृद्धि गर्ने, स्वस्थ महिनावारीका बारेमा कार्यक्रम गर्नुका साथै पुनः प्रयोग गर्न सकिने प्याड निमार्ण र बिक्रिवितरण गर्दै आएको छ ।

संस्थाले विभिन्न स्थानीय तहसँगको सहकार्यमा सिप प्रदान गरी हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, बारा, सुर्खेतसहित २३ जिल्लाका ४ हजार ९ सय जना महिलालाई चेतना वृद्धिसहित आर्थिक उपार्जनका लागि काम गरिरहेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।