११ भाद्र २०८३, बिहीबार
,
Latest
तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो ।

उक्त विधेयक उहाँले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरी जारी गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो । यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन् ।