१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवन अगाडी शंकास्पद बस्तु निष्क्रिय पार्नका नेपाली सेनाको प्रयास



अ+ अ-

काठमाडौं । संसद् भवन अगाडिको सडकमा शंकास्पद वस्तु फेला परेको छ । तारले बेरेर नो एमसीसी लेखिएको प्रेसर कुकरलाई सडकमा राखिएको छ ।

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित गरेको छ । कुकर बम जस्तो देखिने वस्तु डिस्पोजको तयारी भइरहेको प्रहरीले जनाएको छ। डिस्पोजका लागि नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ ।

प्रहरीले अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्णरुपमा बन्द गराएको छ । 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।