१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवन अगाडी शंकास्पद बस्तु निष्क्रिय पार्नका नेपाली सेनाको प्रयास



अ+ अ-

काठमाडौं । संसद् भवन अगाडिको सडकमा शंकास्पद वस्तु फेला परेको छ । तारले बेरेर नो एमसीसी लेखिएको प्रेसर कुकरलाई सडकमा राखिएको छ ।

शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित गरेको छ । कुकर बम जस्तो देखिने वस्तु डिस्पोजको तयारी भइरहेको प्रहरीले जनाएको छ। डिस्पोजका लागि नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ ।

प्रहरीले अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्णरुपमा बन्द गराएको छ । 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।