९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु: उपप्रमुख गुरुङ

जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु: उपप्रमुख गुरुङ
अ अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको दोस्रो कालका लागि पुनः निर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले जनताको जनमतलाई उच्च कदर गर्दै पोखराको समग्र विकासमा साझा उम्मेदवारका रुपमा काम गर्ने बताउनुभएको छ ।

निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै नेकपा (एमाले)ले आयोजना गरेको विजय ¥यालीपश्चात्को कोणसभामा नवनिर्वाचित उपप्रमुख गुरुङले जनताले पुनः दोस्रो कार्यकालका लागि आफूलाई अनुमोदन गरेकाले अझ बढी जिम्मेवार र जनउत्तरदायी भएर जनमुखी कार्यक्रममा जोड दिने बताउनुभयो ।

“जनताले २०७४ सालमा अमूल्य मत दिएर पठाउनुभयो र ५ वर्षपछि पुनः अमूल्य मत दिएर अनुमोदन गर्नुभएको छ । अब साझा व्यक्ति भएर विकासलाई प्राथमिकता राखेर अघि बढ्छु,” उहाँले भन्नुभयो । अघिल्लो कार्यकालका राम्रा कुरालाई पुनः निरन्तरता दिँदै समग्र पोखराका लागि थप नयाँ योजनालाई मूर्त रुप दिनका लागि आफू प्रतिबद्ध हुने बताउनुभयो ।

उहाँले अघिल्लो कार्यकालमा उपप्रमुखसँग महिला कार्यक्रम, महिला हिंसा न्यूनीकरणमा पुरुष ऐक्यबद्धता कार्यक्रमसँगै महिला सहायताकक्ष राखेर महिलाको न्याय र अधिकारका लागि बहस पैरवीलगायत थुप्रै प्रभावकारी कार्यक्रम भएको जनाउँदै यसको निरन्तरतासँगै थप समयको मागअनुसार अझ प्रभावकारी कार्यक्रमलाई जोड दिने बताउनुभयो ।

कोणसभामा एमालेका प्रमुखका प्रत्याशी कृष्ण थापाले प्रमुख पदमा जित्ने प्रबल सम्भावना हुँदाहुँदै नसोचेको परिणाम आएको जनाउँदै पार्टीभित्र यसको गहिरो समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफू पराजित भए पनि पोखराको विकासमा सहयोगी बनेर सधैँ सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव तथा प्रचार विभागप्रमुख पृथ्वीसुब्बा गुरुङ, एमाले स्थायी कमिटी सदस्य एवम् सङ्गठन विभाग खगराज अधिकारी, एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपाने लगायतले एमालेले ८६ वटा सदस्यसहित बहुमत ल्याए पनि प्रमुख र वडाहरुमा नराम्रो पराजय भोग्नु परेको जनाउँदै आगामी दिनमा समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । महानगरको ३३ वडामा एमालेले ९ वडाध्यक्षमा मात्र जित्न सफल भएको छ ।