९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन

गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल

गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल
अ अ+ अ-

गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न आग्रह गर्नुभयो ।

गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट पार्नुभयो । गठबन्धनका परिणाम सकारात्मक देखिएको जनाउँदै उहाँले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो । आफ्ना पालिकामा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उहाँले नवनिर्वाचितलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बागलुङका सभापति जित शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा सरकारका पूर्वमुख्य सचिव डा सोमलाल सुवेदी र पूर्व सचिव बाबुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्नसकिने कामलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।