२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको सर्कुलर



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

सो पार्टीका महासचिव वेदुराम भुसालले ‘निर्वाचन विशेष सर्कुलर’ जारी गर्दै स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भइ विजयी भएकाहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट उम्मेदवार भई स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूलाई पार्टीको तर्फबाट हार्दिक बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । तपाइँहरूलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधै इमान्दार रहनु होला । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला । निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै लभुल्नु होला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारीता र कर्तव्य निष्ठाताका साथ जनताको सेवा गर्नुहोला । निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहदै स्वच्छ एवं सादा जीवन शैली र असल आचरणको अवलम्बन गर्नुहोला । सम्बन्धित पार्टी कमिटीका निर्णय र निर्देशनको पालना गर्नुहोला ।’ सर्कुलरमा भनिएको छ ‘जवाफदेहिता र पारदर्शिता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र हो जसले जनताको सेवामा समर्पित योद्धाहरूलाई उर्जा समेत प्रदान गर्दछ । तसर्थ, हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला । उक्त कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन गरिन्छ ।’