काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन गर्न नसकेको नेकपा (माओवादी केन्द्र)ले वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ ।
माओवादी केन्द्रले कांग्रेस र एमालेले जस्तै वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको हो ।
माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि निर्माण गरेको छ ।
यसरी निर्वाचित भएर आउनुपर्नेको संख्या दुई लाख ८५ हजार रहेको माओवादी केन्द्रले जनाएको छ । योसँगै अब अध्यक्ष बन्न चाहेमा प्रचण्ड पनि चुनावबाटै आउनुपर्नेछ ।
यस्तै माओवादीले विष्णुपुकार श्रेष्ठलाई केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष बनाएको छ । माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ।










