१९ आश्विन २०८१, शनिबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

संघीय संसद्ले भोलि बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सूचित गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा आव २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ ।

त्यसपछि सो प्रस्तावमाथि सांसदहरुबाट संशोधनहरु प्रस्तुत हुने सम्बोधनमाथि छलफल हुने कार्यक्रम छ ।