१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच सचिवको सरुवा



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकाले नेपाल सरकारका पाँच जना सचिवको सरुवा गरेको छ ।

जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

जसअनुसार रवीन्द्रनाथ श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् भने सुरेश आचार्य खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् ।

यस्तै, मणिराम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खानेपानी मन्त्रालय पुगेका छन् ।

सचिव सुशीलचन्द्र तिवारीलाई प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्रबाट उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय लगिएको छ । गोपालप्रसाद सिग्देल नेपाल ट्रस्टको कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका छन् ।