© 2023
ओखलढुङ्गा। यस वर्ष ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका ४०० युवाले सीपमूलक तालिम लिएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाले चालु आर्थिक वर्षमा तीन जिल्लाका युवालाई विभिन्न विषयको तालिम दिएको हो । नियमित र विशेष सीप विकास गरी १५ प्रकारका तालिममार्फत युवालाई सीप सिकाइएको कार्यालय प्रमुख जितेन्द्र राईले बताउनुभयो