© 2023
काठमाडौँ: जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । आगामी साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो । मनीताले महिला ५७ केलिग्राममुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।