© 2023
विराटनगर । मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाई यातना दिने एकजनालाई पक्राउ गरिएको छ । बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीय महिलालाई छिमेकी ५० वर्षीया पारो माझीले यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएकी हुन् । गाउँकी धामीसमेत रहेकी पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।