१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सीको आरोप लगाई महिलालाई मलमूत्र खुवाउने एक जना पक्राउ



अ+ अ-

विराटनगर । मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाई यातना दिने एकजनालाई पक्राउ गरिएको छ । बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीय महिलालाई छिमेकी ५० वर्षीया पारो माझीले यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएकी हुन् ।

गाउँकी धामीसमेत रहेकी पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीमाथि पीडित महिलाले हरैचामा रहेको प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । लगत्तै बोक्सीको आरोप लगाई अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको डीएसपी दाहालले बताए ।

माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको र यसबारे आवश्यक अनुसन्धान भईरहेको दाहालले बताए ।