© 2023
झापा। झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हाल ११ हजार धारामार्फत करिब एक लाख जनसङ्ख्यालाई २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको जनाएको छ । ‘स्वच्छ खानेपानी, स्वस्थ र सभ्य नागरिक’ भन्ने मूल नारासहित आज आयोजित एक कार्यक्रममा संस्थाले हालसम्मका उपलब्धि र भावी योजना सार्वजनिक गरेको हो