२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गभर्नर सिफारिस समिति पुनर्गठन, सदस्यमा पोषनाथ पाण्डे नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न गठित समिति पुनर्गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो । मन्त्रिपरिषद्ले समिति पुनर्गठन गर्दै अर्थविद् डा. पोषनाथ पाण्डेलाई सदस्य नियुक्त गरेको छ ।