© 2023
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आए पनि सडक विभागले त्यसलाई दीर्घकालीन रूपमा सुरक्षित र सञ्चालनयोग्य बनाउने काम अघि बढाउने भएको छ । सडक विभागका सिडिइ सुरेश पौडेलका अनुसार अहिले सडक सञ्चालनमा ल्याउनु तत्कालीन समाधान मात्रै हो । कृष्णभीरको जोखिम स्थायी रूपमा न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा पानी