© 2023
काठमाडौं । उज्वेकिस्तानको चिकित्सा शास्त्र - मेडिसिन शिक्षामा उच्च पदमा पुगेर योगदान दिइरहेका डा. किशन भण्डारीले अर्को ठूलो सफलता हात पारेका छन् । उज्वेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीको चिकित्सा, सूचना प्रविधि तथा व्यापार र व्यवस्थापनलगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूको डिनकोरुपमा नेतृत्व गर्दै आएका भण्डारीलाई युनिभर्सिटीले भाइस – रेक्टरमा बढुवा गरेको छ ।