© 2023
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला भएको बताउनुभएको छ । आज साँझ सशस्त्र प्रहरी बलद्वारा आयोजित प्रथम ‘एपीएफ–महिन्द्रा स्पोर्टस अवार्ड–२०८१’ कार्यक्रममा बोल्दै उहाँले खेलकुदले केवल शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम मात्र नभई समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनालाई प्रोत्साहन गर्ने बताउनुभयो ।