२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कङ्केश्वरीमा बुद्धको प्रस्तर मूर्ति स्थापना

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१९ कङ्केश्वरीमा १५ फिट लामो सिंहशय्यासन प्रस्तर बुद्धमूर्ति स्थापना गरिएको छ । २५७०औँ बुद्ध जयन्तीका अवसरमा कामपा–१९ का वडाध्यक्ष राजेशकुमार श्रेष्ठले आज मूर्ति सार्वजनिक गर्नुभएको हो । मूर्तिलाई करिब चार फिट अग्लो आसनमा राखिएको छ भने यसको निर्माण लागत करिब रु २८ लाख रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो