१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कङ्केश्वरीमा बुद्धको प्रस्तर मूर्ति स्थापना



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१९ कङ्केश्वरीमा १५ फिट लामो सिंहशय्यासन प्रस्तर बुद्धमूर्ति स्थापना गरिएको छ ।

२५७०औँ बुद्ध जयन्तीका अवसरमा कामपा–१९ का वडाध्यक्ष राजेशकुमार श्रेष्ठले आज मूर्ति सार्वजनिक गर्नुभएको हो ।

मूर्तिलाई करिब चार फिट अग्लो आसनमा राखिएको छ भने यसको निर्माण लागत करिब रु २८ लाख रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “यस क्षेत्रलाई बुद्ध पार्क नामकरण गरिएको छ ।

पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाउँदै लैजाने योजना छ । पछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ ।

वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ”, उहाँले भन्नुभयो, “निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।”

मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका छन् । त्यसपछि नमूना विहारमा आएर बुद्धको पूजाआराधना गरिएको थियो । रासस