© 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् फेरबदलको तयारी गर्नुभएको छ । मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री ओलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुहुने भएको हो । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच हुने भनिएको छलफलको समय निर्धारण भइसकेको छैन । सम्भवत: दिउँसो आज छलफल हुने बताइएको छ ।