२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाई समितिद्वारा प्रश्तावित द्वय राजदुतको नाम अनुमोदन (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रश्तावित द्वय राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रश्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रश्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो ।

सरकारद्वारा प्रश्तावित द्व राजदुत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रश्तावित द्व राजदुत मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदुतको नाम अनुमोदन गरेको बताउनु भयो ।

सभापति कर्णले भन्नुभयो, ‘हामीले लामो समयदेखि २० जना प्रश्तावित राजदुतहरुको सुनुवाई गरिरहेका थियौँ । समितिले दिनरात नभनि काम गरेको छ । उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो । उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रुपबाट छलफल गरेका छौँ । छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा. रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रश्तावित राजदुतलाई सर्वसम्मतले अनुमोदन गरेका छौँ ।’

समिति सभापति कर्णले सरकारद्वारा प्रश्तावित द्वय राजदुत मिश्र र रायबिरुद्ध परेका उजुरीहरुको बारेमा गहन छलफल गरेर अनुमोदन गरेको बताउनु भयो ।