९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो
अ अ+ अ-

बनेपा । स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ ।

कांग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार, नेकपा एमाले एक र नेकपा (एकीकृत समाजवादी) एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको हो । कांग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ ।

यसैगरी कांग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत, खानीखोला, भ्ुम्लु र चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) खानीखोला, चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकाको अध्यक्ष पदमा र र उपप्रमुख पदमा नमोबुद्ध नगरपालिकामा विजयी हासिल गरेको छ ।

एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी भएको छ । नेकपा ९एकीकृत समाजवादी०ले भने मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ । वडागत हिसाबमा भने पहिलो पार्टी कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा एकीकृत समाजवादी रहेको छ ।

जिल्लाको १३५ वटा वडामध्ये कांग्रेसले जिल्लाका ६० वटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ४३ वटा वडा र नेकपा (माओवादी केन्द्र)ले २५ वटा वडामा विजयी हासिल गरेको छ ।समाजवादी चार वटा वडा, स्वतन्त्र दुई वटा वडा र राष्ट्रिय प्रजातन्त्र पार्टी एक वटा वडामा विजयी भएको छ ।