९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो

बागलुङमा १० प्रतिशत मत बदर

बागलुङमा १० प्रतिशत मत बदर
अ अ+ अ-

गलकोट । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा खसेको मतको १० दशमलव ६३ प्रतिशत मत बदर भएको हो ।

कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये ६३ दशमलव ६० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६९ मत खसेकामा ८९ दशमलव ३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कूल खसेकामध्ये पूर्णरुपमा ० दशमलव ८० प्रतिशत ९एक हजार ९० र सातवटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार मतदाता सङ्ख्या एक लाख ९३ हजार भए पनि एक मतदाताले सात चिह्नमा मतदान गर्ने भएकाले धेरै मत बदर भएको देखिएको बताउनुभयो । “एक जना मतदाताले सात पटक सात पदमा मतदान गर्नुहुन्छ, तर कतिले सात पदमै गरेको मतदान बदर भएमा पूर्ण मत बदर भन्ने बुझिन्छ जसमध्ये एक हजार ९ मतपत्र पूर्णरुपमै बदर भएको पाइयो”, शर्माले भन्नुभयो । उहाँका अनुसार सात पदमध्ये केही पदमा मात्रै मत बदर भएको सङ्ख्या १३ हजार बढी छ । यसमध्ये उपाध्यक्ष, उपप्रमुख पदमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले सबैभन्दा बढी मत गठबन्धका कारण बदर भएको मतगणनाका क्रममा पाइएको बताउनुभयो । उहाँले एउटै मतपत्रको तलमाथि चिन्हमा मत लगाउँदा बढी बदर भएको पाइएको बताउँदै लस्कारै चिह्न लाउने मतदाताको मत कम सङ्ख्यामा बदर भएको बताउनुभयो । उहाँले पूर्ण रुपमा मत बदर भएकोमा मतपत्र भन्दा बाहिर मतदान गरेको लगायतका समस्या देखिएको छ ।

मतदाता शिक्षामा कमी हुनु र एकै मतदाताले फरक–फरक पार्टीका उम्मेदवारलाई मत दिँदा बढी मत बदर भएको देखिएको छ । १० स्थानीय तहमा ८५ वडा रहेको बागलुङमा निर्वाचित हुने ४४५ पदका लागि एक हजार १९१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

बागलुङ जिल्लामा निर्वाचन पश्चात नेपाली कांग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादी केन्द्रले एक पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख र ११ वडाध्यक्ष, नेकपा एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)ले ३ वडाध्यक्ष र स्वतन्त्रबाट १ वडाध्यक्षले जितेका छन् ।

बागलुङका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहणपछि कार्यभार सम्हालीसकेका छन् । उनीहरुले पहिला बैठक बसेर केही लोकप्रिय निर्णयसमेत गरिसकेको जनाइएको छ । अहिले निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँ गएका छन् ।