२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित



अ+ अ-

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी निर्वाचित भएका छन् ।

घण्टाघर चुनाव चिह्न लिएर चुनाव लडेका साहले १३४६५ मत प्राप्त गरे । यस्तै एमालेका शिवशंकर साहले ९५३२ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५३६० मत ल्याउँदा जनता समाजवादी पार्टीका लालकिशोर साहले ५१९४ मत पाए ।

उपमेयर तर्फ नेपाली कांग्रेसकी किशोरी साहले १५५२५ मत पाएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी एमालेकी रुणादेवी झाले १०८८५ मत पाइन् ।