काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्थानीय तहको निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘फर्गेट एस्टर्डे’ कविता संग्रहको विमोचन कार्यक्रममा ओली उपस्थित भएका हुन् ।
कवि मीना श्रेष्ठको कविता संग्रह विमोचन कार्यक्रममा सहभागी हुन ओली काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सहभागी बनेका हुन् । वैशाख ३० गतेको चुनाव र नतिजाबारे भने ओलीले कुनै अभिव्यक्ति दिएका छैनन् ।










