२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनद्वारा युद्धविराम अस्वीकार



अ+ अ-

किएभ । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।

रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ ।रुसी–समर्थित पृथकतावादीहरूले फेब्ुवरी २४ मा आक्रमण गर्नु अघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसकेका भए पनि मस्कोले युक्रेनको नियन्त्रणमा रहेको डोनबास कब्जा गर्न चाहेको छ ।

रुसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क सहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको दुष्प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धबिराममा सहमत हुन अस्वीकार गर्दै किएभले मस्कोसँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट गर्नुभएको छ । युद्ध नरोकिने बताउँदै उहाँले त्यसो गर्दा मस्कोले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने युक्रेनका प्रमुख वार्ताकार पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा भएको अन्तर्वार्तामा रोयटर्सलाई बताउनुभयो ।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र इटालीका प्रधानमन्त्री मारियो ड्राघीबाट तत्काल युद्धविरामको लागि आह्वान गर्नुभएको छ ।




भर्खरै