६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरी तनावग्रस्त, एमाले नेतामाथि कुटपिट

अ+ अ-

इटहरी । इटहरी उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का उपप्रमुखमा पराजित उम्मेदवारका छोराले नेकपा (एमाले) का नेतामाथि कुटपिट गरेपछि इटहरी तनावग्रस्त बनेको छ ।

एकीकृत समाजवादीका पराजित उपप्रमुखका उम्मेदवार केशव विष्टका छोरा कैलाश विष्टसहितको तीन जनाको समूहले इटहरी संगीत चोकनजिकै एमाले १ नं प्रदेशसभा सदस्य हिमाल सुवेदीमाथि हातपात गरेको थियो ।

विष्टसहितको समूहले हातपात गर्दा सुवेदीको आँखामा चोट लागेको बताइएको छ । विष्टले हातपात गर्नुअघि आफूलाई धम्कीपूर्ण म्यासेज पठाएको सुवेदीले बताए ।

सुवेदीमाथि भएको हातपातको विरोधमा एमाले कार्यकर्ताले नाराबाजी गर्दै इटहरीस्थित इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् । प्रहरीले कुटपिट गर्ने विष्टलाई अहिलेसम्म पक्राउ नगरेकाले इटहरी तनावग्रस्त बनेको छ ।इटहरी तनावग्रस्त, एमाले नेतामाथि कुटपिट

इटहरी । इटहरी उपमहानगरपालिकामा नेकपा ९एकीकृत समाजवादी० का उपप्रमुखमा पराजित उम्मेदवारका छोराले नेकपा ९एमाले० का नेतामाथि कुटपिट गरेपछि इटहरी तनावग्रस्त बनेको छ ।

एकीकृत समाजवादीका पराजित उपप्रमुखका उम्मेदवार केशव विष्टका छोरा कैलाश विष्टसहितको तीन जनाको समूहले इटहरी संगीत चोकनजिकै एमाले १ नं प्रदेशसभा सदस्य हिमाल सुवेदीमाथि हातपात गरेको थियो ।

विष्टसहितको समूहले हातपात गर्दा सुवेदीको आँखामा चोट लागेको बताइएको छ । विष्टले हातपात गर्नुअघि आफूलाई धम्कीपूर्ण म्यासेज पठाएको सुवेदीले बताए ।

सुवेदीमाथि भएको हातपातको विरोधमा एमाले कार्यकर्ताले नाराबाजी गर्दै इटहरीस्थित इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् । प्रहरीले कुटपिट गर्ने विष्टलाई अहिलेसम्म पक्राउ नगरेकाले इटहरी तनावग्रस्त बनेको छ ।