५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित



अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिकाकाे प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी हुनुभएको छ ।

प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याउनुभएकोे छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र० का शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत पाउनुभएको छ । उपप्रमुखमा विजयी महर्जनले नौ हजार ५९१ मत र निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाउनुभएको छ ।

नगरपालिकाका १० वडाका मध्ये एमालेका उम्मेदवार छ वडामा र कांग्रेसले तीन र माओवादीले एक वडामा अध्यक्ष जितेको छ । एमालेबाट वडा नम्बर १ मा छिरिङ लामा, वडा नम्बर २ मा ध्रुव खत्री, वडा नम्बर ३ कुवेर केसी, वडा नम्बर ४ मा अमृत खत्री, वडा नम्बर ८ मा विश्वराज श्रेष्ठ र वडा नम्बर १० मा विजय लामा विजयी हुनुभएको छ । कांग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी, वडा ७ मा बाबुराजा महर्जन, वडा ९ मा जयकृष्ण बोगटी वडाध्यक्ष विजयी हुनुभएको छ । माओवादीबाट वडा नम्बर ६ मा धर्म महर्जन विजयी हुनुभएको छ । रासस