२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडा उपमहानगरपालिकाः एमालेका अनन्त दोस्रो स्थानमा उक्लिए, मतान्तर अब एक हजार मात्र



hetauda
अ+ अ-

हेटौंडा उपमहानगरपालिकाको मतगणना दिनदिनै रोचक बन्दै गएको छ । मेयरका तीन प्रत्यासीबीच कसले अन्तिममा बाजी मार्छ भन्न नसकिने स्थिति देखिएको छ ।

पछिल्लो मत विवरण अनुसार, झण्डै ४ हजार मतले पछि परिसकेका नेकपा एमालेका अनन्त प्रसाद पौडेल दोस्रो स्थानमा उक्लिएका छन् । उनले १२ हजार ८९६ मत ल्याएका छन् ।

पहिलो स्थानमा भने नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी मीना कुमार लामाले १३ हजार ९११ मत ल्याएर अग्र स्थान कायम गर्न सफल भएकी छिन् ।

मंगलबार र बुधबार लामालाई पछ्याइरहेका राप्रपाका दिपक बहादुर सिंहले १२ हजार ८६७ मत ल्याएका छन् ।

यी तीन उम्मेदवारबीच एक हजारको मात्र मतान्तर छ ।