६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिनावारीमा पेट दुखाइलाई कम गर्न यस्तो उपाय अप्नाउँनुहोस्



अ+ अ-

काठमाडौं । महिनावारीको अवधिमा प्रायः सबै महिलालाई पेट दुख्‍ने शरीर दुख्ने, काममा जाँगर नलाग्नु स्वभाविकै हो । तर व्यस्त जीवनमा हामीले यसलाई आफ्नो दैनिकी बनाएर हिँड्नै पर्ने बाध्यता पनि छ ।

तर यसलाई सरल तथा शरीर, पेट दुखाइलाई हामीले घरमै पाइने हाम्रो खानाबाट कम गर्न सक्छौँ । यस्तो समयमा हामीले खानापनमा विशेष ध्यान दिनुपर्छ । पोषिलो, रसिलो तथा तातो खानाले हाम्रो शरीरमा भएको दुखाइलाई केही हदसम्म कम गर्न सक्छ । त्यस्तै तातो पानीले पेट सेक्दा पनि हाम्रो शरीरको दुखाइलाई कम गर्न मद्दत गर्छ ।

कतिपय महिलाले पेट दुखेको सहनै सकिँदैन भन्दै डाक्टरको सल्लाहबिनै औषधिको प्रयोग गर्ने गर्छन् तर त्यसले झन् अर्को समस्या निम्त्याउन सक्छ । औषधिको आफूखुसी प्रयोग गर्नुभन्दा हामै भान्सामा पाक्ने बनाउन सक्ने चिज नै यसको औषधि हुन सक्छ ।

यसका लागि हामीले काँडा(पानी बनाएर पिउन सक्छौं । दूधमा बेसार अथवा मह राखेर पिउन सक्छौं । साथै हामीले दुखेको ठाउँलाई तोरी, नरिवल अथवा तिलको तेल तताएर मालिस गर्दा पनि हाम्रो दुखाइ केही हदसम्म भए पनि कम हुन सक्छ ।

हामी तातो खाने बहानामा चिया कफी पिउँछौं तर यसले हाम्रो शरीरलाई फाइदाभन्दा पनि नोक्सान पुर्‍याउँछ । महिनावारीको समयमा मदिरा ९जाँडरक्सी जस्ता पेय पदार्थ० बाट टाढै रहनुपर्छ । यसले असर मात्र होइन हाम्रो नियमित महिनावारीलाई पनि गडबड बानाइदिन्छ ।

यस्तो समयमा हामीले हल्का(फुल्का व्यायम पनि गर्न सक्छौं जसले शरीरलाई फुर्तिलो बनाउँछ । (एजेन्सीको सहयोगमा)