२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिङ–पोखरा सडक : पश्चिम खण्डबाट विस्तारको काम सुरु



file
अ+ अ-

दमौली । पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक विस्तारकार्यअन्तर्गत तनहुँको पश्चिम खण्डबाट काम सुरु भएको छ । राजमार्ग विस्तारकार्यका लागि जामुने–पोखरा खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कोत्रेबाट विस्तारको काम सुरु भएको हो ।

राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम खण्डमा सडक चौँडा बनाउने कामको पश्चिम खण्डका आयोजना प्रमुख अमितकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । पश्चिम (जामुने–पोखरा) खण्ड निर्माणकार्यको जिम्मा यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले गर्ने भएको हो ।

शुक्लागण्डकीस्थित दुलेगौँडा कोत्रे खण्डमा सडक भत्किएर खाल्डाखुल्डी भएपछि हलेदी, गाछेपानीलगायतका स्थानीयले सोही स्थानबाट कामको सुरुवात हुनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए ।

आयोजनाको पूर्वीखण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौँडा बनाउने काम भइरहेको छ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तारकार्यका लागि हाल राजमार्ग आसपासका रुख काटिएको छ । हालसम्म पूर्वीखण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् भने पश्चिम खण्डमा दुई हजार २८० रुख कटान भइसकेको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

पूर्वीखण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लगाइएको छ । सडक चार लेनको निर्माण हुँदा सडकसीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्ने भएको छ । आयोजनाको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक चार लेनको निर्माण हुँदा हाल भइरहेको पुलको स्थानमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने योजना छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाईन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ । जलविद्युत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु दुई अर्ब नौ करोड ५४ लाख चार हजार विनियोजन गरिएको थियो ।