२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता



अ+ अ-

मोरङ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगर सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श विद्यालयबाट आज जारी गरिएको सूचनामा वडा नं १, २, १६, १७, १८ र १९ नं को वडाको मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले दुई हजार ३७७, नेकपा (एमाले)का सागर थापाले एक हजार ७१०, राप्रपाका प्रल्हादप्रसाद साहले ४३२ र स्वतन्त्र उम्मेदवार ९लाल्टिन०का उमेश यादवले ७६३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले एक हजार ९२३, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार २०८, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५२६, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल (लाल्टिन)ले ४७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडा नं १ को वडाध्यक्षमा कांग्रेस, वडा नं २ मा राप्रपा, वडा नं १६ मा कांग्रेस, वडा नं १७ मा समाजवादी पार्टी, नेपाल, वडा नं १८ मा स्वतन्त्र र वडा नं १९ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।