२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको गृहनगरमा राप्रपाको अग्रता



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाले अग्रता हासिल गरेको छ ।

पाँच दलीय सत्ता गठबन्धनसँग मिलेर मेयरमा उम्मेदवारी दिएका राप्रपाका थापाले एमालेकी उम्मेदवार गीता अधिकारीसँग अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतगणनामा पाँच हजार ५०७ मत गणना हुँदा थापाले दुई हजार ४५० मत ल्याएका छन् भने अधिकारीले दुई हजार ३३२ मत पाएकी छिन् ।

उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराईले दुई हजार ३९२ मत ल्याउँदा एमालेकी उम्मेदवार अम्बिका खनालले दुई हजार १९० मत हासिल गरेकी छिन् ।