१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ सय रुपैयाँले घट्यो सुनको मूल्य, रु. ९९,२०० प्रति तोला कायम



अ+ अ-

काठमाण्डौं । अघिल्लो साता एक लाख पाँच हजारसम्म पुगेको सुनको मूल्यमा केही दिनदेखि निरन्तर गिरावट आएको छ ।

आइतबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ९९ हजार २०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।