५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी



अ+ अ-

पोखरा । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ ।

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७ः३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उनले बताए ।

सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो ।