७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

विगतभन्दा बढी बदर हुनसक्ने प्रबल सम्भावना: जियोक

विगतभन्दा बढी बदर हुनसक्ने प्रबल सम्भावना: जियोक
अ+ अ-

काठमाडौं । निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति ९जियोक०ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपालि धेरै हुनसक्ने सम्भावना रहेको जनाएको छ । जसका कारण उक्त मतपत्रको औचित्य र वैधतामाथि प्रश्नसमेत उपस्थित रहेको पाइएको जियोकले उल्लेख गरेको छ ।

जियोकले आज एक विज्ञप्ति जारी गरी भनेको छ, ‘उम्मेदवारभन्दा मतपत्रमा चिह्न बढ्ता हुँदा मतपत्र अनावश्यकरूपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारहरुको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिह्नका बारेमा थाहा पाउन सक्ने अवस्थाको अभावले गर्दा मतदाताले सुसूचित र विवेकपूर्ण मत सङ्केत गर्न व्यवधान रहेको पाइयो ।’

उम्मेदवारहरु, ती सम्बद्ध दल र मतपत्रमा उनीहरुले पाएको चिह्नका बारेमा निश्चित ढङ्गले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धति व्यापक र प्रभावकारी हुनुपर्नेमा त्यसको अभाव अति नै खड्किएको जियोकको निष्कर्ष छ । स्थानीय तहको आज भएको निर्वाचन छिट्पुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको मतदानमा अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता देखिएको र विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित र शान्त भएको विज्ञप्तिमा जनाइएको छ । जियोकले एकाध ठाउँमा बाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना नभएको जनाएको छ ।

‘मतदान केन्द्रमा दलहरुबीच विवाद पनि देखिएन । यसरी निर्वाचन व्यवस्थापन र मतदान प्रक्रियामा सुधार हुँदै जानु लोकतन्त्रका निम्ति शुभ सङ्केत भएको मान्न सकिन्छ’, जियोकको विज्ञप्तिमा उल्लेख छ । जियोकका अनुसार ३५ जिल्लाको २०० पालिकामा राष्ट्रियस्तरका ४०, जिल्लास्तरका ३० र स्थानीय तहका ३३० सहित पूर्वप्रधान न्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवहरुसहितको नौ विशेष पर्यवेक्षक गरी जम्मा ४०९ जनाको टोलीले दिएको प्रारम्भिक प्रतिवेदनअनुसार अधिकांश मतदान केन्द्रहरु बिहान ७ बजे नै सञ्चालनमा आएका थिए भने केहीमा ७ः१५ देखि ७ः४५ भित्र मतदान सुरु भएको थियो ।

कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरु तोकिएको समयमा नपुगेको केही स्थानमा सामान्य विवादसमेत भएको विज्ञप्तिमा जनाइएको छ । केही स्थानमा टाढाबाट आउनुपर्ने अवस्थाका मतदाता सवारी साधनको अनुपलब्धताले गर्दा मतदानबाट वञ्चित भएको, कतिपय मतदान केन्द्र आवतजावत गर्ने बाटो समेतका पूर्वाधार अभाव रहेको, केन्द्रसम्म मतदान गर्न आएकाहरु पनि विविध कारणले गर्दा ९जस्तो परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात नभएको, परिचयपत्र भएको तर अर्को मतदान केन्द्रमा नाम भएको हुँदा हिँडेरै जान सम्भव नभएको, मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको० मतै नखसाली फर्कनु परेको अवस्था पाइएको विज्ञप्तिमा उल्लेख छ । जियोकले परिचयपत्रसम्बन्धी व्यवस्थालाई व्यवस्थित, त्रुटिरहित, विश्वसनीय र उपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक देखिएको जियोकले जनाएको छ ।

जियोककाे प्रारम्भिक प्रतिबेदन-

स्थानीय तहको आज भएको निर्वाचन छिटपुट घटना बाहेक आम रुपमा शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, बृद्धबृद्धा लगायत सबै वर्ग, समुदाय, लिंग र अवस्थाका मतदाताको उत्साहबद्र्धक सहभागिता भएको देखियो । विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित र शान्त भएको पाइयो ।

एकाध ठाउँमा बाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना भएको पाइएन भने मतदान केन्द्रमा दलहरुबीच विवाद पनि देखिएन । यसरी निर्वाचन व्यवस्थापन र मतदान प्रक्रियामा सुधार हुँदै जानु लोकतन्त्रका निम्ति शुभ संकेत भएको मान्न सकिन्छ । २०४८ सालदेखि नियमित रुपमा संसदीय निर्वाचन, स्थानीय निकायको निर्वाचन, संविधान सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) को निष्कर्ष के छ भने आवधिक र शान्तिपूर्ण चुनावले लोकतन्त्रलाई थप मजबुत बनाउन मद्दत पु¥याएको छ ।

३५ वटा जिल्लाको २०० पालिकामा राष्ट्रिय स्तरका ४०, जिल्लास्तरका ३० र स्थानीय तहका ३३० सहित पूर्व प्रधान न्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवहरुसहितको ९ विशेष पर्यवेक्षक गरी जम्मा ४०९ जनाको टोलीले दिएको प्रारम्भिक प्रतिवेदनका अनुसार अधिकांश मतदान केन्द्रहरु विहान ७ बजे नै सञ्चालनमा आएका थिए भने केहीमा ७.१५ देखि ७.४५ भित्र मतदान सुरु भएको थियो । कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरु तोकिएको समयमा नपुगेको केही स्थानमा सामान्य विवादसमेत भएको थियो ।

उम्मेदवारभन्दा मतपत्रमा चिन्ह बढ्ता हुँदा मतपत्र अनावश्यक रुपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारहरुको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिन्हको बारेमा थाहा पाउन सक्ने अवस्थाको अभावले गर्दा मतदाताले सूसुचित र विवेकपूर्ण मत संकेत गर्न व्यवधान रहेको पाइयो । उम्मेदवारहरु, ती सम्बद्ध दल र मतपत्रमा उनीहरुले पाएको चिन्हको बारेमा निश्चित ढंगले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धती व्यापक र प्रभावकारी हुनु पर्नेमा त्यसको अभाव अति नै खट्केको पाइयो ।

उम्मेदवार नै नरहेको निर्वाचन चिन्ह समेत समावेश भएको मतपत्रको औचित्य र वैधताको प्रश्न समेत उपस्थित रहेको पाइयो । यसले गर्दा पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपाला धेरै हुन सक्ने सम्भावना देखिन आएको छ । केही स्थानमा टाढाबाट आउनु पर्ने अवस्थाका मतदाता सवारी साधनको अनुपलब्धताले गर्दा मतदानबाट बञ्चित भएको पाइयो । कतिपय मतदान केन्द्र आवतजावत गर्ने बाटोसमेतका पूर्वाधार अभाव रहेको पाइयो । केन्द्रसम्म मतदान गर्न आएकाहरु पनि विविध कारणले गर्दा (जस्तो परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात नभएको, परिचयपत्र भएको तर अर्को मतदान केन्द्रमा नाम भएको हुँदा हिंडरै जान सम्भव नभएको र मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको) मतै नखसाली फर्कनु परेको पनि अवस्था पाइयो । परिचयपत्र सम्बन्धी व्यवस्थालाई व्यवस्थित, त्रुटिरहित, विश्वसनीय र उपयोगी बनाउनु पर्ने देखियो ।

निर्वाचन आचार–संहिताको पालना समग्र रुपमा सन्तोषजनक नै रहेको पाइयो भने केही स्थानमा आचार–संहिता उलंघनका संकेतहरु देखिएकोले प्रभावकारी सरोकारको विषय पाइयो । निर्वाचन प्रक्रिया र व्यवस्थापन विगतभन्दा सहज, सुविधायुक्त, शान्तिमय र स्वीकारयोग्य हुँदै गएकाले लोकतन्त्र परिपक्व र सुदृढ बनाउन यसले महत्वपूर्ण योगदान दिन सक्ने निश्कर्ष जियोकको छ ।

शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, दलका प्रतिनिधि र मतदातासहित जियोकका राष्ट्रिय, जिल्ला, नगर र गाउँपालिकाका ४०९ पर्यवेक्षकहरुले पर्यवेक्षण गरी वास्तविक अवस्थाको जानकारी दिनु भएकोमा आभार व्यक्त गर्दछौं ।

कृष्णमान प्रधान
महासचिव
जियोक