७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँः उपाध्यक्ष पौडेल

लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँः उपाध्यक्ष पौडेल
अ+ अ-

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छानौँ भन्नुभएको छ । उहाँले आज देशैभरि स्थानीय सरकार निर्माणका लागि भइरहेको मतदान लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण भएको पनि बताउनुभयो ।

आज बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुसँग छोटो कुराकानी गर्दै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले आफ्नो विवेकको प्रयोग गरी नागरिकले घरआँगनका सरकार छान्न नागरिकलाई आग्रह गर्नुभएको हो ।

उहाँले निर्वाचनको माध्यमबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्ने जन चाहना पूरा भएको भन्दै यस निर्वाचन र यसपछिको नेतृत्वले जनता र जनप्रतिनिधीबीचको सम्बन्धलाई जिवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो । रासस