१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा जिप दुर्घटना, १३ को मृत्यु



फाईल फोटो
अ+ अ-

स्याङ्जा । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।

सो सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल खस्दा जिपमा सवार अन्य १२ जना घाइते भएका छन् ।

घरबाट मतदान गर्न मतदान केन्द्र जाँदै गरेका मतदाताहरु दुर्घटनामा परेको जानकारी दिँदै प्रहरीले अहिलेसम्म दुई जनाको मात्र सनाखत भएको जनाएको छ ।

दुर्घटनामा घाइते ११ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ ।