२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सुष्मी श्रेष्ठ च्याम्पियन



अ+ अ-

काठमाडौं । क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन् । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत खुला तौलसमूहको फाइनलमा सुष्मीले आईकेकेएफकी चन्दा भुजेललाई पराजित गरिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी पहिलो भए । उनले फाइनलमा थेचोका रमित महर्जनलाई हराए । ३५ केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका शेख रिच्बोन्डले गुड स्टारका सुशान्त सापकोटालाई पन्छ्याउदै पहिलो स्थान हात पारे । ४५ केजीमुनि आईकेए एयरपोर्टका अनमोल माझीले स्वर्ण जिते ।

उनले फाइनलमा केन्द्रीय डोजो आईएफकेकेका सुरज विकको चुनौती पन्छाए । पुरुष ५० केजीमुनि आईकेए एयरपोर्टका विजय राईले फाइनलमा आईकेए एयरपोर्टकै अभिषेक माझीलाई निराश पार्दै शीर्ष स्थान हात पारे । ६५ केजीमुनि क्योकुसिन कानका सन्तोष विश्वकर्माले स्वर्ण चुमे । उनले फाइनलमा क्योकुसिन कानकै सौरव बस्नेतलाई पाखा लगाए ।

विजेतालाई आयोजक आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठ, आईएफकेकेका ब्रान्च चिफ प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक आईएफकेकेले जनाएको छ ।