२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरोप पुष्टि गर्न वर्तमान एन्फा अध्यक्षलाई गणेश थापाको चुनौति



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौति दिएका छन ।

ललितपुर स्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोप मध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौति दिएका हुन । थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको समेत बताए । पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडियो मार्फत प्रस्तुत गरेका थिए । सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको तीन आरोप प्रमाणित गर्न चुनौति दिएका हुन ।

उहाँले भन्नुभयो ‘बर्तमान अध्यक्षले लगाएका आरोप ७ वर्ष देखी सहेर बस्न मेरो लागि कठिन थियो । निराधार आरोप लगाउने व्यक्तिलाई सहजै रुपमा राम्रो ग¥यो भन्दै शुभकामना दिने की आउँदै गरेको अध्यक्षलाई पनि यस्तै आरोप लगाएर चरित्र हत्या गर्नुस भनेर जाने भन्ने दुविधामा म परे । केही समय स्वास्थ अवस्थाले पनि साथ दिएन,’ पूर्व अध्यक्ष थापाले भने, ‘मलाई लगाएका आरोप आरोप मात्र हुन । लगाएका २० औ आरोप रहेका छन् । तीन मध्ये कुनै पनि आरोप पुष्टि गर्न चुनौति दिन्छु । यदि पुष्टि भएमा म फुटबलको विषयमा कुनै पनि चर्चा पनि गर्दिन ।’

पूर्व अध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताए । लामो समय फुटबलमा विताएको र ब्यवस्थापनमा पनि आपूmले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पिडा भएको सुनाए । एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे ।

जसको कारण आफुले फिफाको प्रतिबन्ध भोगेको बताए । थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो । पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फिफाले सन २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घूस लिएको आरोप लगाएको थियो ।




भर्खरै