२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली गणतन्त्रको खिलापमा छन्– देउवा



अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्र र गणतन्त्रको खिलापमा रहेको बताउनुभएको छ ।

आइतबार पोखरामा आयोजित चुनावी सभामा उहाँले ओलीले नेतृत्व गरेको पार्टीसमेत प्रजातन्त्र र गणतन्त्रका विरुद्धमा रहेको उल्लेख गर्दै भन्नुभयो, “मुलुकमा स्थायित्व र स्थिरताका लागि पनि पाँच दलीय गठबन्धनलाई जिताउनुपर्छ ।”

ओलीले जित भोलि नै संसद् भंग गरिदिनसक्ने उहाँको भनाइ थियो । उहाँले नेपाली कांग्रेसलाई पाँच दलीय गठबन्धन सबैभन्दा धेरै आवश्यक भएको बताउनुभयो । गठबन्धन बनेपछि नै पोखरामा अवस्था फेरिएको उहाँको भनाइ थियो ।

ओलीले संसद् भंग गरेपछि नै गठबन्धन गरेको जिकिर गर्दै सभापति देउवाले अरु दल उदार भएकाले कांग्रेस सरकारको नेतृत्वमा आएका बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले गठबन्धनलाई सफल पार्नु हाम्रो कर्तव्य हो ।”