६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा डङुेगु सङ्क्रमण घट्दै



अ+ अ-

वाग्मती । मकवानपुरमा डङुेगु सङ्क्रमण घट्दै गएको छ । कोरोना महामारीका कारण सरसफाइ र स्वास्थ्य सावधानीमा जोड दिएपछि लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामीको सङ्ख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष हेटौँडालगायत मकवानपुरमा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आर्थिक वर्ष २०७६/०७७ तीन हजार ३८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । 

कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार विशेषगरी साउन महिनादेखि कातिक महिनासम्म फेला पर्ने सो रोगका बिरामीको सङ्ख्या गत आवमा १४ जनामा मात्र देखिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा साउनमा एक महिला र दुई पुरुष, भदौ महिनामा एक महिला र तीन पुरुष, असोजमा दुई महिला र चार पुरुष, कात्तिकमा एक पुरुषमा डेङुगुरोग फेला परेको थियो । 

डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ् ।

यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्नेलगायत लक्षणहरु यसमा देखिन्छन् । डेङ्गु विरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट सुरक्षित रहन आवश्यक रहेको विज्ञको भनाइ छ । (रासस)