४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभई सरकारी नीति दोषी – अध्यक्ष गोल्छा

अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभई सरकारी नीति दोषी – अध्यक्ष गोल्छा
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको आरोप लगाउनु भएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताउनु भएको हो । उहाँले सरकार विगतदेखि राजस्वमुखी भएकाले राज्य राजश्वमुखी भएर हिडुन्जेलसम्म आर्थिक अवस्थामा निरन्तर दबाब परिरहने बताउनु भयो । गोल्छाले निजी क्षेत्रले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग कहिल्यै तुलना नगरेको बताउनु भयो । उहाँले मुलुकको अहिलेको आर्थिक अवस्थालाई श्रीलंकासँग तुलना गर्नु नै गलत भएको बताउनु भयो । अध्यक्ष गोल्छाले नेपालको वर्तमान अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नाले नेपालको छवि बिग्रिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र कुन दिशामा लाने हो त्यो रेगुलेटरको काम हो । नीजि क्षेत्रले यसको जिम्मा लिन सक्दैन । कुनै पनि देशमा मुलुकको अर्थतन्त्र कुन दिशामा लाने र कसरी लैजाने भन्ने जिम्मेवारी लिएको छैन। धेरै पटक नीति निर्माताहरुले नीजि क्षेत्रलाई भन्ने गरेका छन । तपाईहरु ट्रेडिङ तिर बढी जानु भयो । उद्योगको चुनौती जुन छ त्यो सरकारले तबसम्म समाधान गदैनौं । तबसम्म यही बाटोमा गइरहन्छौं । हामी जहिले पनि राजश्वमूखी सरकार भयो ।

प्यारामिटरमा के हुनु पर्यो भने कति भ्यालुएसन गर्न , देशमा कति रोजगारी दिन सक्छौं । कति सम्पत्तिलाई बढाउन सक्यो त्यो प्यारामिटर भन्दा पनि राजश्वलाई मात्रै प्यारामिटर देखि रहेका छौं । त्यसैले ट्रेडिङ बढेको छ । यो सरकारले नै कन्ट्रोल गर्नूपर्छ नीजि क्षेत्र दोषी हुनैसक्दैन । निजी क्षेत्र अहिल्यै पनि श्रीलंकासँग तुलना गर्ने थिएन ।हामीले अहिलेको अर्थतन्त्रको चुनौतीमा एकदमै डराउनु पर्ने कुनै कारण छैन । हामी सरकारसँग बसेर सहकार्य गर्न चाहान्छौं । हामी सबै मिलेर समस्या के हो र कसरी अगाडि बढ्न सकिन्छ भनेर सहकार्य गर्न चाहान्थ्यौं । तर यो नगेटिभले गर्दा समग्र मुलुकको इमेजलाई नै अन्तर्राष्ट्रिय रुपमा प्रचार भएको छ । त्यो अन फरचुनेट रहेको छ । त्यसको रियाक्सन एकदमै अनफरचुनेट आएको छ । हामी श्रीलंकाको बाटोमा होइनौ । अहिलेको मुख्य समस्या लगानी योग्य रकम तरलताको समस्या, व्यापार घाटाको समस्या ,ग्लोवलरुपमा मूल्यवृद्धिको समस्या र विद्युतको समस्या रहेको छ । ऋण विस्तार सही ठाउँमा गएको छ÷छैन भनेर निजी क्षेत्र र बैंकले हेर्न सक्दैन । क्षमता पनि छैन । हेर्न नसक्नु त नियामकको कमजोरी हो ।’