२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः पञ्जाबले गुजरातलाई ८ विकेटले हरायो



अ+ अ-

एजेन्सी । आईपीएलको ४८ औँ खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ । मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको खेलमा पञ्जाबले दोस्रो इनिङ्समा ब्याटिङ गर्दै गुजरातको १४४ रनको लक्ष्य पछ्याएको हो ।

पञ्जाबका ब्याट्सम्यानले २४ बल बाँकी रहँदै सहजै लक्ष्य पछ्याएका थिए । यो सिजनमा पञ्जाबको पाँचौं जित हो भने गुजरातको दोस्रो हार हो । यो जितसँगै मयांक अग्रवालको नेतृत्वमा रहेको पञ्जाब टोली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

गुजरातले दिएको १४४ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सको सुरुवात राम्रो हुन सकेन । पहिलो पटक ओपन गर्न आएका जोनी बेयरस्टो तेस्रो ओभरमा एक रन बनाएर पेभिलियन फर्किए । तर, त्यसपछि शिखर धवनले भानुका राजपाक्षेसँग मिलेर इनिङ्सलाई सम्हाल्दै बलियो साझेदारी बनाए । दुवैले दोस्रो विकेटका लागि ८७ रन जोडे । यस क्रममा शिखर धवनले सिजनको आफ्नो तेस्रो अर्धशतक ३८ बलमा पूरा गरे । अर्कोतर्फ। भानुकाले २८ बलमा तीव्र पारी खेल्दै ४० रन बनाए । उनी १२औं ओभरमा फर्गुसनको बलमा एलबीडब्ल्यू आउट भए ।

त्यसपछि धवनले लियाम लिभिङस्टोनसँग मिलेर इनिङ्सलाई अगाडि बढाए । कुनै अतिरिक्त विकेट नगुमाई १६ ओभरमा लक्ष्य पछ्याए । दुवैले तेस्रो विकेटका लागि २४ बलमा ४८ रनको अतुलनीय साझेदारी गर्दै खेलको अन्त्य गरेका थिए । लिभिङस्टोनले शामीको कोटाको अन्तिम ओभरमा २८ रन बनाएर खेल २४ बल पहिले नै पञ्जाबको पोल्टामा पारे ।

यसअघि गुजरात टाइटन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । गुजरातको सुरुवात निराशाजनक रह्यो । तेस्रो ओभरमा रनआउट भएपछि शुभमन गिल पेभिलियन फर्किए । यसपछि ऋद्धिमान साहा र त्यसपछि कप्तान हार्दिक पाण्डेय पनि छिट्टै आउट हुन पुगे । डेभिड मिलरले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि ११ रन बनाएर आउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका साई सुदर्शनले एक छेउ समातेर टोलीको स्कोरलाई निरन्तरता दिए । यस क्रममा उनले आईपीएलको आफ्नो पहिलो अर्धशतक पूरा गरे । सुदर्शनले राहुल तेवाटियासँग ४५ रनको साझेदारी गरे । तर उनी पनि धेरै टिक्न सकेनन् ।

कागिसो रबाडाले गुजरातलाई एकपछि अर्को झट्का दिए र कुनै पनि ब्याट्सम्यानलाई टिक्न दिएनन् । यही कारणले गर्दा गुजरातको टोलीले अन्तिम पाँच ओभरमा ४५ रन बनाउन सक्यो । यस अवधिमा चार विकेट गुमायो । साई सुदर्शनको ६५ रनको सहयोगमा गुजरातले २० ओभरमा आठ विकेट गुमाएर १४३ रन बनाएको थियो ।