५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

सत्ता गठबन्धनद्वारा भरतपुर महानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

सत्ता गठबन्धनद्वारा भरतपुर महानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)
अ+ अ-

काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी गर्नु भएको हो । सङ्कल्प–पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक रु ५ हजार भत्ता दिइने सहितका कार्यक्रम समावेश गरिएको छ ।

विद्यालय शान्ति क्षेत्रको मान्यता दिँदै २० प्रतिशतसम्म बजेट विनियोजन गरिने छ । सङ्कल्प–पत्रमा एक परिवारलाई मासिक ६ हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गरिने उल्लेख छ । त्यसैगरी दूधमा प्रतिलिटर रु तीन दिइँदै आएको अनुदानलाई बृद्धि गरिनेछ । विपन्न, मजदुर, किसानलाई ५८ वर्षको उमेरपश्चात पेन्सनको व्यवस्था मिलाइने सङ्कल्प प्रस्तावमा उल्लेख छ । सोह्र वर्ष मुनीका बालबालिकाको स्वास्थ्योपचार निःशुल्क गरिनेछ । घरघरमा कम्तिमा एक जनालाई रोजगारको अवधारणालाई आत्मसाथ गर्दै स्वःरोजगारको सृजना गर्ने वातावरण बनाइने सङ्कल्प–पत्रमा उल्लेख छ ।

विद्यालय उमेर नाघेका निरक्षर किशोर किशोरीका लागि सरकारी तवरबाटै खुला विद्यालय स्थापना गरिने छ । जिल्लाभित्र रहेका ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरू, दर्शनीयस्थल, गडी र झर्ना आदिकोे पहिचान, पूर्वाधार विकास तथा सौन्दर्यकरण गरी जिल्ला भ्रमणको प्याकेज निर्धारण गरी पर्यटक आकर्षण बढाइने छ । प्राङ्गारिक खेती उत्पादन गर्ने वडालाई प्राङ्गारिक वडा घोषणा गरिने छ । जलवायु अनुसारको फलफूलको बोट बिरुवा रोप्न ‘एक बोट, सयको नोट’ नारासहित प्रोत्साहित गरिने, अव्यवस्थित खरका घरमा जस्तापाता गराइने छ ।

प्रतिपरिवार ३० यूनिटसम्म विद्युत् उपभोग गर्नेलाई निःशुल्क गरिनेछ । वडाभित्र रहेका ६ मिटरको मापदण्ड पूरा गरेका सबै सडकहरू कालोपत्र गरिनेछ । वडा तहमा कम्तिमा दुई वटा सुलभ मूल्यका सहकारी पसल स्थापना र संचालन गर्ने वा गरेका संस्थालाई आर्थिक सहयोग गर्ने, स्वदेशी उत्पादनका सामग्रीको व्यापार गर्ने फर्मलाई करका दरमा सहूलियत दिइने व्यवस्था गरिने सङ्कल्प–पत्रमा उल्लेख छ ।

एकीकृत सम्पति करलगायत स्थानीय करका दर रेटमा पुनरावलोकन गरी दोहोरोतेहोरो कर खारेज गरिनेछ । सामाजिक सङ्घसंस्थालाई निश्चित मापदण्डको आधारमा वर्गीकरण गरिनेछ । नारायणी कलामन्दिरलाई कला केन्द्रहरूको स्तरोन्नती गरिनेछ । उपभोग्य सामग्रीहरूमा उत्पादन गर्ने कम्पनी, ट्रेड मार्क, उत्पादन भएको मिति, ब्याच नं, उपभोग गर्न मिल्ने समयावधि सहितको विवरण अनिवार्य गरिने, महानगरमा ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययन गरी महानगर, उद्योग वाणिज्य सङ्घ समेतको साझेदारीमा अर्को पाँच वर्षभित्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने सङ्कल्प गरिएको छ । जिल्लामा चक्रपथ रामनगरदेखि पहाडको फेदिहुँदै पिपलटार, खेतबारी, स्याङदी, गर्दास, गैरीबारी, शक्तिखोर, जुटपानी, पिठुवा चैनपुर, भण्डारा, लोथरहुँदै लोथरखोला र राप्ती खोलाको तटबन्धनसहित भण्डारा कुमरोज सौराहा पटिहानी जगतपुर, चनौली, मेघौली, गोलाघाट, नारायणीको किनारै किनार तटबन्धनसहित गुञ्जनगर, झन्नझने, शिवघाट रामघाट नारायणगढ हुँदै रामनगरसम्म अत्याधुनिक वातावरणमैत्री सडक शुरु गरिने उल्लेख छ ।

कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी दाहाल र उपप्रमुखका प्रत्यासी अधिकारीले महानगरको विकासका लागि गरिएका सङ्कल्प पूर्ण रूपमा कार्यान्वयनका लागि लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चित आवश्यक रहेको बताउनुभयो । सो अवसरमा काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा ९एकीकृत समाजवादीका० उपाध्यक्ष कृष्णराज न्यौपानेको उपस्थिति थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/05/ghosana-patra-bhartpur-ko.pdf”]