४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कांग्रेसको जनसम्पर्क उपसमितिमा सदस्य थप

कांग्रेसको जनसम्पर्क उपसमितिमा सदस्य थप
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ ।

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा गठन गरिएको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा आज १७ सदस्य थप गरेको हो ।

कांग्रेसले तेजेन्द्र कार्की (जर्मनी), रामप्रसाद चालिसे (स्विडेन), पुष्पा मिश्र (साइप्रस), मन्जीत जाम्लिङ राई (कुवेत), शेरबहादुर राउत (बहराइन), दीपक रेग्मी (साउदी अरब), तिलक चन्द ठकुरी (मलेसिया), नवीनकुमार पङ्गेनी (ओमान), शिवराम भण्डारी (फ्रान्स) र शुक्रराज न्यौपाने (आयरल्यान्ड)लाई उप–समितिमा राखेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै, राजेन्द्र खनाल (इजरायल), डा एलिनी पोखरेल (पोल्यान्ड), जगतबहादुर शाह (हङकङ), सन्दीप राना (भारत), कृष्ण केसी (अमेरिका), सन्देश केसी (माल्टा) र जीवन कुँवर (अष्ट्रिया)लाई सदस्यमा मनोनयन गरिएको छ । संयोजक राणाले उपसमितिको सदस्यसचिवमा जनसम्पर्क समिति डेनमार्कका पूर्वसभापति एवम् पार्टीका महासमिति सदस्य वीरेन्द्रसिंह कार्की नियुक्त गर्नुभएको छ ।

यसअघि पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूणर्बहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय सदस्य राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमिति गठन गर्नुभएको थियो ।